एमालेका सबै मन्त्रीलाई बालकोट आउन ओलीको निर्देशन

सोमबार, असार १७, २०८१
Neuro hospital Nepalgunj

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीबाट सरकारमा गएका सबै मन्त्रीहरुलाई बालकोट बोलाएका छन् ।

सत्ता परिवर्तनको हल्ला चलिरहदा ओलीले सरकारका आठै जना मन्त्रीहरुलाई आज साँझ ६ बजे बालकोट बोलाएका हुन् । 

एमालेका एक मन्त्रीले भने-" अध्यक्ष ज्युले बालकोट बोलाउनु भएको छ, अरु केही कुरा आफूलाई थाहा छैन ।"

अहिले सिंहदरबारमा मन्त्रिपरिषद् बैठक बसिरहेको हुँदा उक्त बैठक सकेर बालकोट जाने ती मन्त्रीले बताए।

 

प्रकाशित मिति: सोमबार, असार १७, २०८१  १७:५८
प्रतिक्रिया दिनुहोस्