एमालेका मन्त्री र सांसदलाई उपत्यका नछाड्न केपी ओलीको निर्देशन, पार्टीका पदाधिकारी बालकोटमा

सोमबार, असार १७, २०८१
Neuro hospital Nepalgunj

काठमाडौं ।  पछिल्लो समय बदलिँदै गएको राजनीतिक तरङ्गबीच मन्त्री परिषद् बैठकमा एमालेका मन्त्रीहरुको संख्या न्यून रहेको छ । साँझ ५ः२६ बजे यो समाचार तयार गर्दासम्म एमालेबाट मन्त्री हरि उप्रेती र ज्वाला शाहमात्र मन्त्रिपरिषद् बैठकमा उपस्थित भएका छन् । 

यसैबीच एमाले अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टीका मन्त्रीहरु र सांसदहरुलाई उपत्यका नछाड्न निर्देशन दिएका छन् । 

कुनै पनि बेला माहोल परिवर्तन हुन सक्ने भन्दै ओलीले मन्त्रीहरु र सांसदहरुलाई उपत्यका नछाड्न निर्देशन दिएको बालकोट निकट उच्च स्रोतले जानकारी दिएको छ । 

त्यसैगरी केही मन्त्री र पदाधिकारीहरुलाई उनले गम्भीर छलफलका लागि आफ्नो निजी निवास बालकोटमा बोलाएका छन् । 

प्रकाशित मिति: सोमबार, असार १७, २०८१  १७:३०
प्रतिक्रिया दिनुहोस्