१ किलो कोकिनसहित २ तानजेनियन नागरिक काठमाडौंबाट पक्राउ

सोमबार, असार १७, २०८१

काठमाडौं । काठमाडौंबाट प्रहरीले दुई जना विदेशी नागरिकलाई कोकिनसहित पक्राउ गरेको छ। लागु औषध नियन्त्रण ब्युरोबाट खटिएको टोलीले काठमाडौं-१६ मा रहेको होटेल ग्यालेरीबाट १ किलो २४७ ग्राम ७६ मिलिग्राम कोकिनसहित दुई जना  तानजेनियन नगरिकलाई पक्राउ गरेको हो।

प्रहरीले कोकिनसहित पक्राउ पर्नेमा ५२ वर्षीय रामाधानी सिम्बा एम्वाबुङ्ग्बा र ५६ वर्षीय त्वालिब किपेयेबु पसुवालाई उक्त होटेलको रुम नम्बर २०४ बाट पक्राउ गरेको जनाएको छ।

प्रहरीले पक्राउ परेका उनीहरुको साथबाट जुसको डब्बाभित्र ३५ क्याप्सुलमा रहेको ६ सय ६ ग्राम ५५ मिलिग्राम र सोही जुसको डब्बाभित्र ३७ क्याप्सुलमा रहेको ६ सय ४१ ग्राम २१ मिलिग्राम कोकिन बरामद गरेको हो।

पक्राउ परेका दुबै तानजेनियन नागरिकहरुलाई जिल्ला अदालत काठमाडौंबाट म्याद थप गरेर थप अनुसन्धान गरिरहेको लागू औषध नियन्त्रण ब्युरोले जनाएको छ।

प्रकाशित मिति: सोमबार, असार १७, २०८१  १४:५८
प्रतिक्रिया दिनुहोस्