कांग्रेस-एमालेका शीर्ष नेताबीच शुरु भएको सघन संवादले आशाको सञ्चार गरेको छ: सांसद गिरी

सोमबार, असार १७, २०८१
Neuro hospital Nepalgunj

काठमाडौं । शिर्ष दुई प्रमुख राजनीतिक दलहरू नेपाली कांग्रेस र नेकपा एमालेकाबीचमा भएको संवादबाट कोही चिन्तित हुनु नपर्ने नेपाली कांग्रेसका सांसद दीपक गिरीले  बताएका छन् । आजको प्रतिनिधि सभा बैठकको विशेष समयमा बोल्दै सांसद गिरीले नेपाली कांग्रेस र नेकपा एमालेका शीर्ष नेताहरूबीच शुरु भएको सघन संवादले आशाको सञ्चार गरेको बताए ।

उनले लोकतन्त्रको रक्षा, राजनीतिक स्थिरता र सुशासनका लागि दुई दल मिल्नु आवश्यक रहेको बताए । उनले संविधान संशोधनसम्मका लागि कांग्रेस र एमालेका बिचमा संवाद र सहकार्य गर्नुपर्ने बताए । उनले निर्वाचन प्रणालीमा सुधार गर्ने लगायतका केही महत्त्वपूर्ण विषयमा संविधान संशोधन गर्न आवश्यक रहेको भन्दै संविधान संशोधनका लागि अन्य दलहरूसँग पनि छलफल गर्नुपर्ने बताए ।

उनले भने – ‘चारैतिर निराशा फैलिएका बेला संसद्का दुई ठूला दल नेपाली कांग्रेस तथा नेकपा एमालेका शीर्ष नेताहरूबिच शुरु भएको सघन संवादले आशाको सञ्चार गरेको छ। लोकतन्त्रको रक्षा, राजनीतिक स्थिरता, सुशासन र संविधान संशोधनसम्मका लागि यी दुई ठूला दलहरूका बीच संवाद र सहकार्य आवश्यक छ । यसै गरी निर्वाचन प्रणालीमा सुधार गर्ने लगायतका केही महत्त्वपूर्ण विषयमा संविधान संशोधन गर्न आवश्यक छ । संविधान संशोधनका लागि अन्य दलहरूसँग पनि छलफल गरिनुपर्छ । लोकतन्त्रका लागि पटक–पटक लडाइँ लडेका दुई ठूला दलहरू बीचको संवादबाट कोही पनि चिन्तित हुनुपर्ने आवश्यक छैन । यसलाई सकारात्मक लिन पनि म आग्रह गर्न चाहन्छु ।'

प्रकाशित मिति: सोमबार, असार १७, २०८१  १२:५६
प्रतिक्रिया दिनुहोस्