नेकपा एसको नेतृत्व चयनका लागि विद्युतीय मेसिनबाट मतदान

सोमबार, असार १७, २०८१
Neuro hospital Nepalgunj

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) को महाधिवेशनमा नेतृत्व चयनका लागि मतदानमा विद्युतीय मेसिनबाट हुने भएको छ।  विद्युतीय मतदान लागि पार्टी केन्द्रीय सचिवालय सदस्यहरुले डेमो प्रस्तुतसमेत गरेका छन् ।

पार्टीको जारी महाधिवेशन अन्तर्गत बन्दसत्र सुरु भएको छ ।काठमाडौंस्थित प्रज्ञा प्रतिष्ठानको सभाहलमा सुरु भएको बन्दसत्रमा  राजनीतिक दस्तावेज, समाजवादी कार्यक्रम, विधानसम्बन्धी र साङ्गठनिक दस्तावेजमा छलफल गरिने छ । 

पार्टीका पोलिटब्युरो सदस्य दिलु पन्तले बन्दसत्रमा प्रतिनिधिबीचमा दस्तावेज माथि छलफल गरिने जानकारी दिए । महाधिवेशनमा एक हजार आठसय ४९ प्रतिनिधि सहभागी छन् ।  

पारित हुने सिद्धान्त, नीति तथा वैचारिक दृष्टिकोणका आधारमा दुई सय ९९ सदस्यीय कार्यसमिति तथा २१ पदाधिकारी चयन  गर्ने छ । 

प्रकाशित मिति: सोमबार, असार १७, २०८१  ११:२३
प्रतिक्रिया दिनुहोस्