पहिरोले घर पुरिँदा ५ वर्षीय बालकको मृत्यु, बाबु घाइते

सोमबार, असार १७, २०८१
Neuro hospital Nepalgunj

सुर्खेत । सुर्खेतस्थित भेरी नगरपालिका–४ इवरमा पहिरोले घर पुरिँदा ५ वर्षीय बालकको मृत्यु भएको छ। पहिरोले घर पुर्दा बालक प्रिन्स विकको निधन भएको छ भने उनका बुबा रमेश विक घाइते भएका छन्। 

जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार विकका बाबुछोरा पहिरोले घरमै च्यापिएका थिए । 

प्रिन्सको घटनास्थलमै मृत्यु भएको प्रहरीले  जनाएको छ भने घाइते रमेशको जिल्ला अस्पतालमा उपचार भइरहेको  छ । 

घटना आज बिहान ५ भएको हो। स्थानीय र सुरक्षाकर्मीले उद्दार गरेर रमेशलाई अस्पताल लगेका हुन्।

प्रकाशित मिति: सोमबार, असार १७, २०८१  १०:०७
प्रतिक्रिया दिनुहोस्