आज दिउँसो कांग्रेस पदाधिकारी बैठक बस्दै

सोमबार, असार १७, २०८१
Neuro hospital Nepalgunj

काठमाडौं । आज नेपाली कांग्रेसको पदाधिकारी बैठक बस्दैछ।

शनिबार कांग्रेस सभापति शेरबहादुर देउवा  र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीचको भेटपछि बोलाइएको पदाधिकारी बैठकमा पछिल्लो राजनिक घटनाक्रममा बारेमा छलफल हुने बताइएको छ।

आज दिउँसो ३ बजे बस्ने बैठकमा  भात्री संस्था, पार्टीको गतिविधि लगायत अन्य राजनीतिक विषयहरुमा छलफल हुने भएको छ।

एमाले अध्यक्ष ओलीसंंगको भेटपछि बस्न लागेको यो बैठक महत्त्वपूर्ण मानिएको बताइएको छ।

प्रकाशित मिति: सोमबार, असार १७, २०८१  ०९:११
प्रतिक्रिया दिनुहोस्