जन्ती लिएर फर्किंदै गरेको बस दुर्घटना हुँदा १५ जना घाइते

सोमबार, असार १७, २०८१
Neuro hospital Nepalgunj

जनकपुर । सर्लाहीबाट जन्ती लिएर लहान जाँदै गरेको बस धनुषामा दुर्घटना हुँदा १५ जना घाइते भएका छन् ।

गएराति जन्ती लिएर फर्किदै गरेको ना४ख ४४९२ नम्बरको बस पूूर्वपश्चिम राजमार्ग अन्तर्गत धनुषाको गणेशमान चारनाथ नगरपालिका-८ पोर्ताहामा दुर्घटना भएको प्रहरीले जानकारी दिएको छ।

प्रहरीका अनुसार दुर्घटनाका घाइतेहरुमा एक जना मध्यम र अन्य सबै सामान्य रहेका छन् । उनीहरुको गोदामा उपचार भइरहेको छ। 

दुर्घटना पश्चात् फरार रहेका बस चालकको खोजीकार्य जारी रहेको सर्लाही प्रहरीले जानकारी दिएको छ।

 

 

 

 

 

प्रकाशित मिति: सोमबार, असार १७, २०८१  ०८:५४
प्रतिक्रिया दिनुहोस्