'तातो हावाको लहर प्रतिकार्य कार्यक्रम' को नेपालगञ्जमा समिक्षा

आइतबार, असार १६, २०८१

बाँके  । नेपालगञ्जमा सञ्चालित तातो हावाको लहर प्रतिकार्य कार्यक्रमकोे आज समिक्षा गरिएको छ । गत जेठदेखि हालसम्म यस कार्यक्रम अन्तर्गत सञ्चालित क्रियाकलापहरुको समिक्षा गरिएको हो ।

नेपाल रेडक्रस सोसाइटी बाँके शाखाको आयोजनामा बसेको तातो हावा कार्यदलको बैठकमा तातो हावाको लहर प्रतिकार्य कार्यक्रम अन्तर्गत सञ्चालित विभिन्न १२ वटा क्रियाकलापहरुका बारेमा चर्चा गरिएको छ । कार्यदल संयोजक रहेका नेपालगञ्ज उपमहानगरपालिका विपद समिति संयोजक समिर प्रताप सिंहको अध्यक्षतामा सम्पन्न बैठकमा रेडक्रस बाँकेका उपनिर्देशक दोलख बहादुर डाँगीले सञ्चालित कार्यक्रम र तिनको प्रभावबारे जानकारी गराएका थिए ।

डाँगीका अनुसार जेठ २ गतेदेखि असार ७ गतेसम्म जमुनाहा नाकामा आम सर्वसाधारणलाई निःशुल्क पिउने पानी वितरण गरिएको छ । यस अवधिमा करीब १ लाख १२ हजारले पानी पिएका छन् । यस्तै नाकामा जोखिम सचेतना सन्देश पनि प्रसार गरिएको छ । बैशाख १८ गतेदेखि जेठ ३१ गतेसम्म नेपालगञ्जका १९, २१ र २२ नम्बर वडाका ८०५ जोखिम परिवारमा सचेतना प्रबद्र्धन गर्न घरभेट कार्यक्रम सम्पन्न गरिएको छ । पेशागत समूहलाई तातो हावाको जोखिम क्षमता बृद्धि अभिमुखीकरण गरिएको छ । जसमा ५२ जना सहभागी थिए । जोखिमयुक्त समुदायका संकटासन्न घरपरिवार र विद्यालयमा सेतो रंग लेपन गर्ने कार्यक्रम नेपालगञ्जको वडा नम्बर १९ का १४ घर र २ वटा विद्यालयमा सम्पन्न भएको छ ।

आम नगरबासीका लागि लू सचेतना सम्बन्धि माइकिंग गर्दा करीब २५ हजार मानिस लाभान्वित भएको अनुमान गरिएको रेडक्रस बाँकेका उपनिर्देशक डाँगीले बताए । यस्तै रेडियाहरुबाट सूचनामूलक सन्देश प्रशारण, डिजिटल बोर्डबाट सूचना प्रशारण, मिडिया बुष्टिंग गनेृ काम पनि सम्पन्न भएको छ । नेपालगञ्जका २० वटा सामुदायिक विद्यालयहरुमा पानी छान्ने फिल्टर मेशिन वितरण गरिएको छ । नेपालगञ्ज ४ बसपार्क क्षेत्रमा कुलिंग सेन्टर ९सितलन केन्द्र० निर्माणाधीन अवस्थामा छ । २३ वडाका विभिन्न विद्यालयमा करीब २० हजार विद्यार्थीका लागि सचेतना अभिमुखीकरण कार्यक्रम पनि सम्पन्न भएको छ ।

नेपालगञ्ज उपमहानगपालिकामा अमेरिकन रेडक्रसको सहयोगमा नेपाल रेडक्रस सोसाइटी बाँके शाखाले तातो हावाको लहर प्रतिकार्य कार्यक्रम सञ्चालन गरेको हो । तातो हावाको लहर प्रतिकार्य कार्यक्रम लाभग्राहीका लागि प्रभावकारी देखिएको निष्कर्ष निकालिएको छ । चर्को गर्मी हुने र तातो हावाको लहर ९लु० चल्ने नेपालगञ्जमा पूर्व तयारी र आवश्यक सजगतामा जोड दिइएको छ । 

 

प्रकाशित मिति: आइतबार, असार १६, २०८१  २१:५५
प्रतिक्रिया दिनुहोस्