बढ्यो पेट्रोलियम पदार्थको मूल्य, पेट्रोलमा २ रुपैयाँ बढ्दा डिजल र मट्टितेलमा ५ रुपैयाँ बढ्यो

आइतबार, असार १६, २०८१
Neuro hospital Nepalgunj

काठमाडौं । घटेको पेट्रोलियम पदार्थको मूल्य फेरि बढेको छ। नेपाल आयल निगमले आज राति १२ बजेदेखि लागू हुने गरि पेट्रोलमा प्रतिलिटर २ रुपैयाँ बढाएको छ।

त्यस्तै निगमले डिजल र मट्टितेलमा प्रतिलिटर ५-५ रुपैयाँ बढाएको छ।  निगमले एलपी ग्यास र हवाई इन्धनको मूल्य भने यथावत राखेको छ।

अब पेट्रोलियम पदार्थको मूल्य बढेसँँगै काठमाडौंमा पेट्रोलको मूल्य प्रतिलिटर १६७ र डिजल र  मट्टितेलका  १५७ रुपैयाँ  पर्नेछ । त्यसैगरि दिपायल र पोखरामा पनि पेट्रोलमा १६७ र  डिजल र मट्टितेलको १५७  रुपैयाँ नै लागू हुनेछ।

यसैगरी निगमले दाङ र सुर्खेतमा पेट्रोलको प्रतिलिटर १६६ र डिजल र मट्टितेलमा १५६ रुपैयाँ पर्मे जनाएको छ।

झापाको चारआली, विराटनगर, अमलेखगञ्ज, जनकपुर, नेपालगन्ज र वीरगन्जमा पेट्रोलमा प्रतिलिटर १६४ र डिजल र मट्टितेलको मूल्य १५२ रुपैयाँ लागू हुने नेपाल आयल निगमले जानकारी दिएको छ।

 

 

 

 

प्रकाशित मिति: आइतबार, असार १६, २०८१  २१:२२
प्रतिक्रिया दिनुहोस्