एउटा दुर्घटनाले पक्रायो असई थमनको हत्याका ८ बर्षदेखि फरार भएका प्रतिवादी कौशल

आइतबार, असार १६, २०८१

महोत्तरी । सशस्त्र प्रहरीका असई थमन विकको हत्या अभियोगमा प्रहरीको मोस्ट वान्टेड सूचीमा रहेर ८ वर्षदेखि फरार रहेका मधेस प्रदेशका पूूर्व सांंसद कौशल यादव आश्चर्य चकित तरिकाले आफै पक्राउ परेका छन्।

महोत्तरीमा शनिबार साँझ एउटा भारतीय गाडीलाई नेपाली नम्बर प्लेटको बोलेरो जिपले ठक्कर दिएपछि कौशल प्रहरीको फन्दामा परेका हुन् ।  महोत्तरी जिल्लाको सम्सी गाउँपालिका-५ मा भारतीय प्लेटको डीएल सीएवाइ ८६१५ नम्बरको स्कारपियो र विपरीत दिशाबाट आउँदै गरेको प्रदेश २-०२-००१च ००४५ नम्बरको बोलेरो जिपले ठक्कर दिएपछि असई विकको हत्या अभियोगमा फरार पूूर्व सांंसद कौशल पक्राउ पर्न सफल भएका हुन् ।

उक्त भारतीय जिपमा सवार ३ जना घाइते हुँदा प्रहरीको सोधपुछका क्रममा उनको पहिचान खुल्न आए लगत्तै महोत्तरी प्रहरीले पक्राउ गरेको हो। पाप धुरीबाट कराउँछ भने झै लामो समयदेखि फरार कौशललाई एउटा दुर्घटनाले कानुनको कठघेरामा ल्याउन सफल भयो। 

दुर्घटना भए लगत्तै नेपाली नम्बरको जिप भाग्ने क्रममा प्रहरीले जिप चालकसहित २ जनालाई नियन्त्रणमा लिएर सोधपुछ गर्यो। प्रहरीले चालकसँँग जानकारी लिदा मात्र थाहा भयो कि उनी आफै ८ वर्षदेखि ज्यान मुद्दाका फरार प्रतिवादी (कौशल यादव )। उनले आफ्नो नाम कौशल बताउँँदा एकछिन प्रहरी आफै अचम्ममा परेको थियो।

प्रहरीले सबै जानकारी भिडाउदा असई विकको हत्या अभियोगमा सजाय पाएका उनी नै कौशल यादव भएको तथ्य मिल्दा नियन्त्रणमा लिएको हो।

वि.संं.२०७२ मधेस आन्दोलनका  क्रममा महोत्तरीमा हत्या गरिएका बाँके घर भएका सशस्त्रका असईको हत्या गरेर उनी २०७४  मा तत्कालीन  संंघीय समाजवादी फोरमबाट महोत्तरी क्षेत्र नम्बर ४ (क) बाट चुनाब लडेर निर्वाचित भएका उनलाई जसपाले २०७९ को निर्वाचन अगाडि नै पार्टीबाट निकाला गरेको थियो।

जसपाले  २०७९ को निर्वाचनमा अगाडि उनलाई निष्कासन गरेपछि उनी लोसपाबाट चुनाव लडेपनि पराजित भएका थिए। यादव अदालतमा मुद्दा चलिरहेका बेलामा फरार रहेका थिए। उक्त घटनामा जिल्ला अदालत महोत्तरी आधा दर्जनलाई जन्मकैदको सजाय सुनाएको हो।

सायद उक्त घटना नभएको कौशललाई प्रहरीले पक्राउ गर्न कति समय पर्खनु पर्ने थियो? अपराध र अपराध गराउने अपराधी ढिलोचाँडो पक्राउ पर्छन् भन्ने कुरा यस घटनाले पनि देखाउन सफल भएको छ। 

 

 

 

प्रकाशित मिति: आइतबार, असार १६, २०८१  २०:०५
प्रतिक्रिया दिनुहोस्