नेपालगन्जको फेन्सी पसलमा आगलागी, पसलका सबै सामान जले

आइतबार, असार १६, २०८१
Neuro hospital Nepalgunj

काठमाडौं । बाँकेको नेपालगन्ज उपमहानगरपालिका-८ स्थित त्रिभुवन चोकमा रहेको जय विष्णु रेडिमेट फेन्सी पसलमा गएराति आगलागी भएको छ। 

स्थानीय सुनिल कुमार गुप्ताको फेन्सीमा पनि विद्युत सर्ट आगलागी भएको जिल्ला प्रहरी बाँकेले जनाएको छ। राति पौने ११ बजे आगलागी भएको खबर पाए लगत्तै उपमहानगरको दमकल, सुरक्षाकर्मी र स्थानीयबासीको सहयोगमा आगो केहीबेरमा नियन्त्रणमा लिइएको भएपनि सबै सामान जलेर नष्ट  भएको बाँके प्रहरीले जानकारी दिएको छ। 

आगलागीबाट भएको क्षेतिको विवरण अझै खुलिनसकेको प्रहरीले जनाउँदै घटनाबारे थप अनुसन्धान गरिएको छ।

स्कुटरमा आगलागी 

काठमाडौंको पुरानो बानेश्वरमा पार्किङ गरेर राखिएको स्कुटरमा आगलागी भएको छ।

सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका-८ घर भएर हाल काठमाडौं-३१ पुरानो बानेश्वरको अम्बिका मार्गमा कोठा लिएर बस्दै आएका २९ बर्षीय माधव तिमिल्सिनाको बा५० प २९७४ नम्बरको पार्किङ गरि राखेको स्कुटरमा आगलागी भएको प्रहरीले जानकारी दिएको छ।

स्कुटरमा आगो आफै लागेको वा लगाइएको भन्ने बारेमा अझै केही तथ्य फेला नपरेको प्रहरीले जनाएको छ। स्कुटर जलेर नष्ट भएको छ।

घरमा आगलागी 

सुर्खेतको भेरीगंंगा नगरपालिका-५ बिउरेनीमा विद्युत सर्ट भएर स्थानीय ६२ वर्षीय शेरबहादुर दमाईको घरमा गएराति आगलागी भएको सुर्खेत प्रहरीले जनाएको छ।

आगलागीबाट दमाईको घरमा रहेका लत्ताकपडा, नगद ,अन्नपात लगायत अन्य बस्तु जल्दा करिब १० लाख बराबरको धनमाल नष्ट भएको प्रहरीले जानकारी दिएको छ ।

 

 

 

प्रकाशित मिति: आइतबार, असार १६, २०८१  १३:३२
प्रतिक्रिया दिनुहोस्