'मन्त्रालयको जिम्मेवारी बढी भएपनि बजेट कम हुनु द:खद': मन्त्री गुरुङ

सोमबार, साउन ८, २०८०

काठमाडौं । शहरी विकास मन्त्री एवं नेपाली कांग्रेसकी केन्द्रीय सदस्य सीता गुरुङले मन्त्रालयको जिम्मेवारी बढी भए पनि बजेट कम हुनु दुःखद भएको बताएकी छिन् ।

कांग्रेस केन्द्रिय समितीको बैठकमा मन्त्रालयको कामको प्रगति विवरण सुनाउदै मन्त्री गुरुङले शहरी विकास मन्त्रालयको आर्थिक र भौतिक प्रतिशत १८ प्रतिशत रहेकोमा अहिले ५८ प्रतिशतमा पुगेको बताइन् । 

यो आर्थिक वर्षमा विकासे मन्त्रालय भएकाले सचेत हुनुपर्ने भन्दै उनले गत आर्थिक वर्षको  तुलनामा यो चालु आर्थिक वर्षमा १० अर्ब २६ करोड कम भएको बताइन् । 

उनले यो वर्ष १३४० योजनाहरु अगाडि बढाइएको पनि बताइन् । उनी गत चैत १७ गते शहरी विकास मन्त्रालय सम्हाल्न पुगेकी थिइन् । 

 

 

प्रकाशित मिति: सोमबार, साउन ८, २०८०  १७:३०
प्रतिक्रिया दिनुहोस्