फागुनदेखि आफ्नै १३ वर्षीया छात्रालाई बलात्कार गर्दै आएका शिक्षक पक्राउ

आइतबार, असार १६, २०८१

खोटाङ । खोटाङमा आफ्नै १३ वर्षीया छात्रालाई बलात्कार गरेको आरोपमा शिक्षक पकाउ परेका छन् । जिल्लाको हलेसी तुवाचुङ नगरपालिकाको एक विद्यालयकी छात्रामाथि बलात्कार गरेको अभियोगमा ५८ वर्षीय शिक्षक पक्राउ परेका हुन् ।

ती शिक्षकलाई शनिबार साँझ जिल्ला प्रहरी खोटाङको टोलीले खोटाङबाट पक्राउ गरेको हो।प्रहरीले एक छात्रा पीडित बनेको सूचना पाए लगत्तै पछ्याएको अनुसन्धानमा शिक्षकलाई पक्राउ गरिएको खोटाङ प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार ती छात्रामाथि गत फागुनदेखि नै शिक्षकले यौन शोषण गर्दै आएका थिए। लामो समयदेखि आफू माथि यौन शोषण हुँदै आएपछि बालिकाले सो कुरा बाहिर ल्याएकी थिइन् ।

प्रहरीले छात्रासंंग यस बारेमा सोधपुछ गरेर मुद्धा प्रक्रिया अगाडि बढाउने तयारी गरेको छ भने आज ती शिक्षकलाई जिल्ला अदालत लिएर म्याद थप गर्ने प्रहरीले जनाएको छ।

प्रकाशित मिति: आइतबार, असार १६, २०८१  १२:०४
प्रतिक्रिया दिनुहोस्