देउवा र ओलीबीच बालकोटमा भेटवार्ता

शनिबार, असार १५, २०८१
Neuro hospital Nepalgunj

काठमाडौं । नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ।

आज सभापति देउवा अध्यक्ष ओलीलाई भेट्न पत्नी आरजुसहित  बालकोट पुगेका थिए। बालकोटमा उनीहरुबीच करिब २ घण्टा कुराकानी भएको बताइएको छ।

२ घण्टा लामो कुराकानी गरेका उनीहरुले के विषयमा छलफल भएको भन्ने बारेमा केही बताइएको छैन ।  देशका दुई शीर्ष नेताको यो छलफलले गम्भीर अर्थ राख्ने बताइएको छ।

 

प्रकाशित मिति: शनिबार, असार १५, २०८१  २१:४६
प्रतिक्रिया दिनुहोस्