शनिबार बिहान मात्रै तीन जिल्लामा ९ जनाको पहिरोबाट मृत्यु

शनिबार, असार १५, २०८१
Neuro hospital Nepalgunj

काठमाडौं । शनिबार बिहानसम्म पहिरोबाट मृत्यु हुनेको संख्या ९ पुगेको छ। गए राति पहिरोमा बागलुङ नगरपालिका-८ काँडेबाँँसको बिसौनीका ५५ वर्षीय प्रेम बिक र उनकी ५० वर्षीया श्रीमती बसन्ती बिकको मृत्युसँँगै पहिरोमा पुरिएर मारिनेको संख्या ९ पुगेको प्रहरीले जनाएको छ।

उक्त घटनामा पहिरोले घर पुरिँदा प्रेमकी बुहारी कुमारी र नाति शिशिर घाइते भएका छन् ।

त्यसैगरी गएरातिको पहिरोमा परेर स्याङ्जाको फेदीखोला गाउँपालिका-५ स्थित स्थानीय दुर्गा जिटीको घर पहिरोले बगाएपछि  दुर्गा र उनकी ३ वर्षीया छोरीको मृत्यु भएको हो।

उनीहरु घरमा सुतिरहेको समयमा घरभन्दा २५-३० मिटर माथिबाट खसेको पहिरोले घर बगाएर उनीहरुलाई पुरेको स्याङ्जा प्रहरीले जानकारी दिएको छ।

गएरातिकै अविरल वर्षाका कारण आएको पहिरोमा गुल्मीको मालिका गाउँपालिका-६ कँँडेल पाटामा स्थानीय भेषबहादुर बिकको घर पुरिँदा  ५५ वर्षीय भेषबहादुरसहित उनकी ४८ वर्षीया श्रीमती सुन्तली कामी, २६ वर्षीया बुहारी सीता बिक, ८ वर्षीया नातिनी सपना बिक र ८ महिने नातिनी बिना बिकको मृत्यु भएको हो। उनीहरुको शव केही पर फेला परेको हो।

प्रकाशित मिति: शनिबार, असार १५, २०८१  १३:२३
प्रतिक्रिया दिनुहोस्