रौतहटमा बस दुर्घटना हुँदा एक युवतीको मृत्यु,८ जना घाइते

शनिबार, असार १५, २०८१
Neuro hospital Nepalgunj

रौतहट । रौतहटमा यात्रु बहाक बस दुर्घटना हुँदा एक जना युवतीको मृत्यु भएको छ भने ८ जना घाइते भएका छन् ।

जिल्लास्थित गौर चन्द्रनिगाहपुर सडकखण्ड अन्तर्गत गरुडा नगरपालिका जयनगर चोक नजिकै दुर्घटना हुँदा १८ वर्षीया युवती नेहाकुमारी गिरीको मृत्यु भएको रौतहट प्रहरीले जनाएको छ।

आज बिहान ८ बजे  गौरबाट भैरहवा जाँदै गरेको ना ७ ख ८४१४ नम्बरको बस दुर्घटना हुँदा माधवनारायण नगरपजिका-भेल्हीकी नेहाको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ।

दुर्घटनामा २६ वर्षीया रन्जुदेवी दासको दाहिने हत भाँचिएको र उनको ग्राण्डी अस्पताल गरुडामा उपचार भइरहेको प्रहरीले जनाएको छ। दुर्घटनाका अन्य घाइतेहरुको शिवनगर र गरुडामा उपचार भइरहेको छ भने बसका चालक र सहचालक फरार भएको प्रहरीले जानकारी दिएको छ। 

प्रहरीले फरार रहेका उनीहरुको खोजीकार्य जारी राखेको  जनाएको छ।

प्रकाशित मिति: शनिबार, असार १५, २०८१  १२:४२
प्रतिक्रिया दिनुहोस्