कोपा अमेरिका कपमा ब्राजिलको विजयी सुरुवात, पाराग्वे ४-१ ले पराजित

शनिबार, असार १५, २०८१
Neuro hospital Nepalgunj

काठमाडौं । कोपा अमेरिका कपमा ब्राजिलले विजयी सुरुवात गरेको छ। आज बिहान भएको खेलमा पाराग्वेलाई ४-१ ले पराजित गर्दै कोपामा सुरुवात गरेको हो। 

यसअघिको पहिलो खेलमा कोस्टारिकासँँग गोलरहित बराबरी खेलेको ब्राजिलको आजको जितमा भिनिसियस जुनियर उत्कृष्ट प्रदर्शन गर्दै २ गोल गरेका हुन् ।

त्यसैगरि ब्राजिलका लुकास र पाकेटाले १-१ गोल गरे भने पाराग्वेका अल्डेरेटले १ गोल गरेका हुन् ।

समूह डी अन्तर्गत रहेको ब्राजिल भन्दा अगाडि कोलम्बिया छ। उसले दुई खेल खेल जित्दै ६ अंंकका साथ दोश्रो चरणमा प्रवेश गरिसकेको छ। ब्राजिलले खेलेको २ खेलमा १ जित र १ बराबरीमा ४ अंंक छ। अब ब्राजिलले अन्तिम खेल कोलम्बियाविरुद्ध खेल्नेछ।

यो समूहमा ब्राजिल,कोलम्बिया, कोस्टारिका र पाराग्वे छन् ।

 

 

प्रकाशित मिति: शनिबार, असार १५, २०८१  ०९:२४
प्रतिक्रिया दिनुहोस्