पहिरोमा घर पुरिएर वृद्ध दम्पती बेपत्ता

शनिबार, असार १५, २०८१
Neuro hospital Nepalgunj

बागलुङ । बागलुङको गलकोट नगरपालिका-८ काँडेबाँसको बिसौनामा वृद्ध दम्पती घरसहित पहिरोमा पुरिएका छन् ।

बिसौनाका ५५ वर्षीय प्रेम विक र उनकी श्रीमती ५० वर्षीया वसन्ती शुक्रबार राति पहिरोमा पुरिएका जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक ऋषिराम कँडेलले जानकारी दिए ।

अहिले घटनास्थलमा प्रहरी टोली पठाइएको छ ।

यसैबीच पहिरोले मध्यपहाडी लोकमार्गको बागलुङ खण्ड अवरुद्ध भएको छ । यस क्षेत्रमा शुक्रबारदेखि लगातार पानी परिरहेको छ ।

कालीगण्डकी करिडोर र बागलुङ-कुश्मीशेरा सडक पनि अवरुद्ध छ । रासस।

प्रकाशित मिति: शनिबार, असार १५, २०८१  ०९:०३
प्रतिक्रिया दिनुहोस्