बाँकेको जानकीमा गत आर्थिक बर्षमा ३२ मुद्दा फछ्र्यौट

सोमबार, साउन ८, २०८०
Neuro hospital Nepalgunj

नेपालगन्ज । बाँकेको जानकी गाउँपालिकाले गत आर्थिक बर्षमा ३२ वटा मुद्दा फछ्र्यौट गरेको छ । आर्थिक बर्ष २०७८-७९ को आल्या मुद्दा १७ र गत आर्थिक बर्ष २०७९-८० का १५ मुद्दा फछ्र्यौट गरेको न्यायिक शाखाले जनाएको छ ।

पछिल्लो एक बर्षमा २३ वटा मुद्दा दर्ता भएकोमा १५ वटाको किनारा लगाइएको हो । 

पालिकाको न्यायिक शाखाले आर्थिक बर्ष २०७९-८० मा दर्ता भएर फछ्र्यौट गर्न बाँकी मुद्दाको संख्या ८ रहेको जनाएको छ । आर्थिक बर्ष २०७८-७९ को आल्या र गत आर्थिक बर्षमा दर्ता भएका जम्मा ४० वटा मुद्दा मध्ये अब ८ वटा मुद्दा मात्र फछ्र्यौट गर्न बाँकी रहेको न्यायिक शाखा प्रमुख जितबहादुर श्रेष्ठले बताए । 

आर्थिक बर्ष २०७८-७९ को १७ वटा आल्या मुद्दा सबै फछ्र्यौट भएको छ ।  श्रेष्ठका अनुसार प्रायःजसो मुद्दा बाटो निकास, लेनदेन रकम, जग्जा कब्जासंग सम्बन्धित छन् । 

प्रकाशित मिति: सोमबार, साउन ८, २०८०  १६:४४
प्रतिक्रिया दिनुहोस्