महिलाको घाँटी रेटेर हत्या गरि फरार भएका शैलेन्द्र बाँकेको सीमा नाकाबाट पक्राउ

शुक्रबार, असार १४, २०८१

नेपालगन्ज । जिल्ला प्रहरी बाँकेले नेपालगन्जबाटकर्तव्य ज्यान मुद्दामा फरार रहेका एक प्रतिवादीलाई पक्राउ गरेको छ। 

जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी निरीक्षक सुजन शाहको कमान्डको टोलीले कोहलपुर-६ घर भएर नेपालगन्ज-९ मा भाडामा बस्दै आएकी २२ वर्षीया सुमदरानी थारुको घाँटी रेटेर हत्या गरेर फरार रहेका बर्दियाको राजापुर-८ का २६ वर्षीयशैलेन्द्र चौधरीलाई आज पक्राउ गरेको हो।

प्रहरी निरीक्षक शाहको टोलीले शैलेन्द्रलाई भारत भाग्दै गरेको अवस्थामा बाँकेको जानकी-१ पचपोखराबाट पक्राउ गरेको जिल्ला प्रहरीले बाँकेले जनाएको छ।

गत बैशाख २९ गते समुदरानीको हत्या गरेको आरोपमा पक्राउ परेका शैलेन्द्रलाई आबश्यक अनुसन्धानका लागि जिल्ला अदालत बाँकेबाट ५ दिनको हिरासत अनुमति लिएर अनुसन्धान सुरु गरेको प्रहरीले जानकारी दिएको छ।

प्रकाशित मिति: शुक्रबार, असार १४, २०८१  २३:०८
प्रतिक्रिया दिनुहोस्