प्रधानमन्त्री प्रचण्ड धान रोप्न चितवन जाँदै

शुक्रबार, असार १४, २०८१
Neuro hospital Nepalgunj

चितवन  । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले असार १५ गते चितवनको बछौलीमा  धान रोप्ने भएका छन् । 

२१ औं राष्ट्रिय धान दिवस तथा रोपाईं महोत्सव,२०८१ अवसरमा असार १५ गते चितवनको बछौलीमा प्रधानमन्त्रीले धान रोप्न भएका हुन् । 

समितिका संयोजक तथा कृषि विभागका महानिर्देशक नरहरीप्रसाद घिमिरेले धानको उत्पादन वृद्धि,आधुनिकिकरण र व्यवसायीककरणलाई प्रवद्र्धन गर्नेगरी २०६१ सालदेखि नियमित रुपमा प्रत्यक वर्ष असार १५ गते विगतको जस्तै गरी राष्ट्रिय धान दिवस तथा रोपाईं महोत्सव मनाउने तयारी भएको बताए ।

उनले यो वर्ष जलवायुमैत्री कृषि,धान उत्पादनमा वृद्धि भन्ने नाराका सहित विभिन्न कार्यक्रम गरी धान दिवस मनाइने बताए । 

प्रकाशित मिति: शुक्रबार, असार १४, २०८१  १०:१८
प्रतिक्रिया दिनुहोस्