युरोपमा पहिलो पटक नेपाली व्यवसाय संघ गठन

युरोपेली बजारमा पुनः नेपाली उत्पादनहरुले स्थान पाउने व्यवसायीहरुको अपेक्षा
शुक्रबार, असार १४, २०८१

युरोप । युरोपका विभिन्न देशमा छरिरहेका नेपाली व्यवसायीहरुको हकहितको संरक्षण गर्दै उनीहरुलाई संगठित गर्ने र उत्पादन प्रवर्धन गर्ने मुख्य सोचका साथ नेपाली व्यवसाय संघ–युरोप नामक संस्था युरोपमा पहिलो पटक गठन गरिएको छ । 

युरोपको राजधानी मानिने बेल्जियम र यसका आसपासका देशहरुमा विगत लामो समय देखि सक्रिय रहेका  नेपाली भाषी व्यवसायीहरुद्धारा  नियमित गरिएको संवाद, अनुसन्धान र सहमतिले यो व्यवसायीक संस्था गठन गरिएको नव गठित व्यवसाय संघका संयोजक यामु निरौला जानकारी दिए । 

संयोजक निरौलाका अनुसार विगत केहि समययता नेपाली व्यवसायी संघ बेल्जियमको व्यवसायिक सक्रियता र आवश्यकताका आधारमा आफुहरुले बेल्जियम, नेदरल्याण्डस् र लक्जम्वर्गका व्यवसायीहरुको संलग्नता र सहभागितामा नेपाली व्यवसायी संघ बेनेलक्स गठन गरेको बताउँदै यसमा आवद्ध सदस्यहरुले संघको कार्यक्षेत्र युरोप भरी बनाएर नेपाली भाषी व्यवसायीहरुलाई संगठित गर्न दिएको सुझाब पश्चात यो बिषयमा लामो अध्ययन–अनुसन्धान र छलफल पछि युरोपभरी छरिएर रहेका नेपाली भाषी व्यवसायीहरुलाई थप सहयोग र संगठित गर्दै सबै क्षेत्रको व्यापार व्यवसाय प्रवर्धन गर्ने सोच अनुसार संस्थाको स्थापना गरिएको बताए ।

संयोजक निरौलाले विगतमा नेपालमा उत्पादित केहि बस्तुहरुको बजारको एउटा महत्वपूर्ण हिस्सा युरोपेली बजारले आगटेता पनि नीतिगत र अन्य विविध कारणले धरासायी हुन पुगेको अवस्थामा त्यसलाई समेत पुनः स्थापित गर्न र समग्र युरोप भित्र विभिन्न व्यवसाय गरिरहेका नेपाली मूलका नेपाली भाषीहरुको व्यापार व्यबसायलाई समेत समयानुकुल सहयोग र प्रबर्धनका लागि संघले काम गर्ने बताए ।  

थप प्रसंगमा संयोजक निरौलाले संघले युरोप र नेपाल बिचको व्यापार-व्यवसायको प्रवर्धनका लागि नेपाल सरकार र युरोपीयन संसद बिच नीतिगत छलफल गरिने पनि जानकारी दिए ।

निरौलाले भने “यस्तो प्रकारको छलफलले युरोपेली र नेपाली उद्योगी व्यवसायीहरुले पारस्पारिक लाभ लिन सक्ने प्रसस्त सम्भावनाहरु छन । यो सम्भावनालाई पनि हामीले पुनः स्थापित गराउन चाहान्छौ” ।  

संयोजक निरौलाले नेपाल र युरोप बिच व्यापार व्यसायको लामो सम्वन्ध र अनुभव छ तर बिगत केहि सयमदेखि व्यापार व्यवसायमा गतिरोध उत्पन्न भएको देखिन्छ । संघले त्यस्ता अवरोधको पहिचान गरी त्यसमा सहजिकरण गर्दै नेपाली र युरोपेली बजारमा उत्पादित बस्तु तथा सेवाहरुको बजारिकरण गर्न सकिने यसका लागि पेशागत तथा नीतिगत रुपले संघले सम्वन्धित निकायहरुसंग काम गर्ने बताए । 

संयोजक निरौलाले बिगतमा युरोपेली बजारमा नेपालमा उत्पादित हस्तकला, गलैचा, गारमेन्ट्स, चिया, कफि, बस्तुकला र क्युरियो समानहरुले युरोपमा स्थान पाएको भएता पनि युरोपको बजारमा यी बस्तुहरु केहि मात्रमा हराउने अवस्था रहेको र यसलाई पुनः स्थापित गर्न सके नेपालको लघु उद्यम लगायत ठुला उद्योगहरुले पनि व्यापार व्यवसाय फस्टाउने र यसका लागि नेपालको साना तथा मझौला उद्योग व्यवसायी संघहरुसंग सम्वाद भै रहेको जानकारी दिए । 

संघका महासचिब मदन दवाडीले संघले युरोपका विभिन्न देशमा व्यापार व्यवसाय गरिरहेका नेपाली मुलका व्यवसायीहरुको हक हितका अलावा ती व्यवसायीद्धारा उत्पादित बस्तु तथा सेवाको युरोपेली देशहरुमा बजारिकरण र एक देशका व्यवसायी अर्को देशका व्यवसायीहरु जोडिदा व्यापार व्यवसायमा समेत बृद्धि हुनुका साथै ज्ञान र सीपको पनि आदान प्रदान गर्न सकिने बताए । 

यदि संघले सोचे जस्तै युरोपका विभिन्न देशहरुमा छरिएर व्यवसाय गरिरहेका नेपाली भाषी व्यवसायीहरुको हकहित तथा नेपाल र युरोपमा उत्पादित बस्तुहरुको बजारिकरणमा सहजिकरण गर्न सके दुबै पक्षलाई फाईदा हुने युरोपका नेपाली व्यवसायीहरु बताउँछन् ।   


   

प्रकाशित मिति: शुक्रबार, असार १४, २०८१  ०९:५५
प्रतिक्रिया दिनुहोस्