काठमाडौंको नागार्जुनमा जिप कलभर्टमा खस्यो, चालकको मृत्यु

शुक्रबार, असार १४, २०८१
Neuro hospital Nepalgunj

काठमाडौं । काठमाडौंमा खोलाको कलभर्टमा जिप खस्दा एक जनाको मृत्यु भएको छ।

आज बिहान करिब साढे  २ बजेको समयमा बा.प्र. ०२७ च ०४९१ नम्बरको जिप  नागार्जुन नगरपालिका-६ रामकोटस्थित छमछमे खोलाको कलभर्टमा खसेर डुब्दा एक जनाको मृत्यु भएको प्रहरीले जनाएको छ।

तत्कालै दुर्घटना स्थल पुगेको प्रहरीले करिब ३ घण्टापछि जिप चालकलाई बिहान ५ बजे उद्दार गरेर कलभर्टबाट निकालेर उपचारका मनमोहन मेमोरियल अस्पताल पठाएको भएपनि चिकित्सकले चालकलाई मृत घोषित गरेका थिए।

प्रहरीका अनुसार मृतक चालक नागार्जुन-६  खरिबोटका ५० वर्षीय पुर्ण दर्लान हुन् । प्रहरीले डुबेको जिपलाई बिहान साढे ६ बजेमात्र बाहिर निकाल्न सफल भएको हो। प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ।

A

प्रकाशित मिति: शुक्रबार, असार १४, २०८१  ०८:५४
प्रतिक्रिया दिनुहोस्