सुत्केरी महिलालाई वडाले दिने भयो लोकल भाले

बिहीबार, असार १३, २०८१

दाङ । दाङको तुलसीपुर उपमहानगरपालिका वडा नं. ११ का वडाध्यक्ष मानबहादुर रावतले सुत्केरीलाई भाले र मान्छेको मृत्युपछि उनका परिवारका सदस्यलाई घिउ दिने नीति अख्तियार गरेका छन् ।

वडाका सुत्केरी महिला हरेकलाई १ हजार पाँच सय बराबरको भाले उपहार दिने नीति ल्याइएको रावतले बताए। तर, २० बर्ष भन्दा कम उमेरका आमाहरु सुत्केरी भए त्यो उपहार नपाउने वडाध्यक्ष रावतले जानकारी दिए ।

त्यस्तै मानिसको मृत्यु पछि मृतकका परिवारका सदस्यलाई वडा कार्यालयले एक केजी घिउ उपलब्ध गराउने भएको छ । जनप्रतिनिधि आँफै घरमा पुगेर ती सामाग्री उपलब्ध गराउने वडाध्यक्ष रावतले जानकारी दिए ।

वडा कार्यालय जनताको सबै भन्दा नजिकको सरकार भएकोले जनताको सुख दुःखमा उपस्थिती हुने नीति अन्तरगत सुत्केरीलाई भाले, मृत्यु संस्कार पछि घिउ दिने नीति अख्तियार गरेको वडाध्यक्ष रावतले जानकारी दिए ।

प्रकाशित मिति: बिहीबार, असार १३, २०८१  २०:५०
प्रतिक्रिया दिनुहोस्