दंगीशरण गाउँपालिका पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा

बिहीबार, असार १३, २०८१

प्रमोद आचार्य/दाङ । दाङको दंगीशरण गाउँपालिकालाइ पूर्ण खोप सुनिश्चितता तथा दिगोपना पालिका घोषणा गरिएको छ ।

विहीवार पालिकालाई पूर्ण खोप सुनिश्चित घोषणा गरिएको हो । गाउँपालिका अध्यक्ष शम्भु गिरीको अध्यक्षता र जिल्ला समन्वय समिति दाङका प्रमुख नित्यानन्द शर्माको प्रमुख आथित्यता तथा गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत डिलाराम पाण्डेको बिशिष्ट आथित्यतामा घोषणा कार्यक्रम भएको हो ।

कार्यक्रममा बोल्दै जिल्ला समन्वय समिति दाङका प्रमुख नित्यानन्द शर्माले खोपलाई नेपाल सरकारले पहिलो कार्यक्रम र पहिलो प्राथमिकतामा राखेको हुँदा खोपमा सम्पूर्ण बालबालिकालाइ जोड्नु जनप्रतिनिधि र कर्मचारीको दायित्व हुने बताए ।

त्यस्तै गाउँपालिका अध्यक्ष शम्भु गिरीले खोप बालबालिकालाई नछुटाइ लगाउन विशेष भूमिका तथा कार्य स्वयंसेवीकाहरुको हुने बताए । स्वयंसेवीकाको साथ बिना स्वास्थ्यकर्मी एक्लै सफल नहुने बताए ।

त्यस्तै जिल्ला स्वास्थ्य कार्यालय दाङका प्रमुख किशोर आचार्यले खोप लाउनु हरेक बालबालिकाको नैसर्गिक अधिकार रहेको भन्दै १३ वटा रोगहरुको बिरुद्ध नियमित खोप लगाइरहेको अवस्थालाइ पूर्णखोप भन्न मिल्ने बताए ।

बच्चा जन्मेदेखि १५ महिनासम्म ७ पटक खोपकेन्द्र पुगेर खोप लगाए त्यो पुरा हुने बताए ।
राष्ट्रिय खोप तालिका अनुसार बच्चा जन्मेदेखि १५ महिनासम्म पाउनु पर्ने सबै खोप लगाएको छ भने त्यसलाइ पूर्णखोप मानिन्छ ।

१६ देखि ५९ महिना सम्म बालबालिकामा गरिएको सर्बेक्षण अनुसार दंगीशरण गाउँपालिकाका ८५९ बालबालिकामा खोप लगाइएको पाइएको थियो ।

कार्यक्रममा वडा अध्यक्षको तर्फबाट वडा न १ का वडा अध्यक्ष रमेश भण्डारी,स्वयंसेवीकाको तर्फबाट गोमा न्यौपाने, आधारभूत स्वास्थ्यकेन्द्र रामपुरका प्रमुख दामोदर शर्मा लगायतले मनतब्य राखेका थिए ।
कार्यक्रमको सहजीकरण स्वास्थ्यसाखा दंगीशरणका प्रमुख प्रदिप योगीले गरेका थिए ।

प्रकाशित मिति: बिहीबार, असार १३, २०८१  २०:४५
प्रतिक्रिया दिनुहोस्