एसईईको रिजल्ट सार्वजनिक,४७ प्रतिशत विद्यार्थी उत्तीर्ण

बिहीबार, असार १३, २०८१

काठमाडौं । ।राष्ट्रिय परीक्षा बोर्डले माध्यामिक शिक्षा परीक्षा (एसईई) को नतिजा सार्वजनिक गरेको छ ।

परीक्षामा सहभागी भएका कुल विद्यार्थीमध्ये ४७.८६ प्रतिशत विद्यार्थी मात्रै उत्तीर्ण भएका छन्। १८६ जनाले ४ जीपीए ल्याएका छन् ।

बोर्डले सार्वजनिक गरेको नतिजा अनुसार परीक्षामा सहभागी भएका ४ लाख ४४ हजार ७८५ जना विद्यार्थी मध्ये २ लाख ४२ हजार ९२ जना विद्यार्थीले मात्रै कक्षा ११ मा पढ्न पाउने भएका हुन् ।

अर्थात् परीक्षामा सहभागी भएकामध्ये ५२।१४ प्रतिशत परीक्षार्थीले ननग्रेड (एनजी) ल्याएका छन् ।

प्रकाशित मिति: बिहीबार, असार १३, २०८१  ०९:३२
प्रतिक्रिया दिनुहोस्