लमजुङ पहिरो अपडेट:बेपत्ता भएका चारै जनाको मृत्यु

बुधबार, असार १२, २०८१
Neuro hospital Nepalgunj

लमजुङ । आज बिहान लमजुङको क्व्होलासोथर गाउँपालिका ३ मा गएको पहिरोले घर बगाउँदा बेपत्ता भएका  ४ जनाकै मृत्यु भएको छ ।

बगुमस्थित पच्युटोलमा पहिरोले तीन घर बगाउँदा ४ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

स्थानीय रूद्रमान गुरुङ, पञ्चकुमारी गुरुङ र गाउँपालिकाका योजना शाखा प्रमुख चित्र घलेको घर पहिरोले बगाएको छ । 

पहिरोमा परी ६९ वर्षीय रूद्रमान गुरुङ, ३६ वर्षीय पञ्चकुमारी गुरुङ, उनका दुई छोरीहरू ७ वर्षिया ईच्छा गुरुङ र ५ वर्षिया नम्रता गुरूङको मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: बुधबार, असार १२, २०८१  १४:२३
प्रतिक्रिया दिनुहोस्