कपिलवस्तुमा चट्याङ लागेर दुई युवकको मृत्यु

बुधबार, असार १२, २०८१
Neuro hospital Nepalgunj

कपिलवस्तु । कपिलवस्तुमा चट्याङ लागेर दुई जनाको मृत्यु भएको छ। 

जिल्लाको यशोधरा गाउँपालिकाको भैसहिया र बुद्धभुमि नगरपालिकाको धनकौलीमा चट्याङ लागेर दुई जना स्थानीय युवकको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ। 

प्रहरीका अनुसार आज बिहान चट्याङ लागेर यशोधरा गाउँपालिका-८ का २२ वर्षीय युवक महेश कलवार र बुद्धभुमि -१० धनकौलीका १८ वर्षीय युवक राजु ठाकुरको मृत्यु भएको हो।

बिहान घर नजिकैको खेतमा काम गरिरहेको बेलामा उनीहरुलाई चट्याङ लागेर घनास्थलमै उनीहरुको मृत्यु भएको  प्रहरीले जनाएको छ।

प्रकाशित मिति: बुधबार, असार १२, २०८१  १२:१०
प्रतिक्रिया दिनुहोस्