लमजुङ पहिरो: बेपत्ता चारमध्ये एकको शव फेला

बुधबार, असार १२, २०८१
Neuro hospital Nepalgunj

लमजुङ । लमजुङमा पहिरोमा परेर बेपत्ता भएका ४ जना मध्ये १ जनाको शव फेला परेको छ।

क्व्होंलासोथर गाउँपालिका–३ बगुमस्थित पच्युटोलमा पहिरोमा परेर बेपत्ता भएका  मध्ये एक जनाको शव फेला परेको वडासदस्य विनप्रसाद घलेले  जानकारी दिएका छन् । उनका अनुसार पहिरोमा परी बेपत्ता भएकामध्ये ६९ वर्षीय रूद्रमान गुरुङको शव फेला परेको हो । 

पच्युटोलमा आज बिहान पहिराले तीन घर पुरिँदा चार बेपत्ता भएका थिए भने एकजना घाइते भएका थिए । बेपत्ता भएकाहरुको आज बिहानैदेखि स्थानीय र प्रहरीले खोजी गरिरहेका छन् । 

लगातारको वषासँगै घर माथिबाट आएको पहिरोले स्थानीय चित्र घले, रुद्रमान गुरुङ र पञ्चकुमारी गुरुङको घर पुरिएको हो।

पहिरोमा परी ३६ वर्षीया पञ्चकुमारी गुरुङ र उनकी पाँच वर्षीया छोरी नम्रता तथा सात वर्षीया इच्छा गुरुङ अझै बेपत्ता रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक थानेश्वर चपाइँले जानकारी दिए । 

 

प्रकाशित मिति: बुधबार, असार १२, २०८१  १०:५३
प्रतिक्रिया दिनुहोस्