स्कुल जाँदै गर्दा चट्याङ लागेर तीन बालिका गम्भीर घाइते

बुधबार, असार १२, २०८१
Neuro hospital Nepalgunj

कैलाली । चट्याङ लागेर स्कुल जाँदै गरेका तीन जना बालिका गम्भीर घाइते भएका छन् ।

आफ्नै स्कुल मोहन्याम आधारभुत विद्यालयको गेटमा चट्याङ लागेर आज बिहान स्कुल जाँदै गरेका कैलालीको घोडाघोडी नगरपालिका-९ बुदेनीका तीन बालिका घाइते भएको प्रहरीले जनएको छ।

प्रहरीका अनुसार चट्याङ लागेर घाइतेहुनेहरुमा ९ वर्षीया सरस्वती भुल, ७ वर्षीया पारु कठायत र १० वर्षीया खिमा कठायत रहेका छन् । 

चट्याङ लागेर गम्भीर  घाइते भएका तीनै जना बालिकालाई घोडाघोडी अस्पतालमा लगिए पनी थप उपचारका लागि धनगढी पठाइएको प्रहरीले जानकारी दिएको छ।

प्रकाशित मिति: बुधबार, असार १२, २०८१  ०९:५५
प्रतिक्रिया दिनुहोस्