पहिरोले ३ घर बगायो, ४ जना बेपत्ता

बुधबार, असार १२, २०८१
Neuro hospital Nepalgunj

लमजुङ । लमजुङमा भीषण वर्षासँगै आएको पहिरो घर बगाउँदा ४ जना बेपत्ता भएका छन् । आज बिहान जिल्लाको क्व्होलासोथार गाउँपालिका–३ बगुम गाउँमा पहिरोले तीन घर पुरिँदा ४ जना बेपत्ता भएका छन् । पहिरोमा परी एकजना घाइते भएको प्रहरीले जनाएको छ।

लगातारको वषासँगै घर माथिबाट आएको पहिरोले स्थानीय चित्र घले, रुद्रमान गुरुङ र पञ्चकुमारी गुरुङको घर पुरिएको हो । 

पहिरोमा परी रुद्रमान गुरुङ, पञ्चकुमारी गुरुङ र उनकी पाँच वर्षीया छोरी नम्रता तथा सात वर्षीया इच्छा गुरुङ बेपत्ता भएका जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक थानेश्वर चपाइँले जानकारी दिए । 

अहिले प्रहरी टोली घट्नास्थलमा उद्धारका लागि जाँदै छ ।

प्रकाशित मिति: बुधबार, असार १२, २०८१  ०९:२२
प्रतिक्रिया दिनुहोस्