ललिता निवास जग्गा प्रकरण ललितपुरबाट थप दुई जना पक्राउ

सोमबार, साउन ८, २०८०

काठमाडौं । नेपाल प्रहरीको केन्द्रिय अनुसन्धान ब्युरो (सिआईबी) ले आज ललिता निवास जग्गा प्रकरणमा थप दुई जनालाई पक्राउ गरेको छ ।

सिआईबीले  ललितपुरको कुपोन्डोलबाट सञ्जय महर्जन र सकुलानन्द महर्जनलाई नक्कली मोही बन्दै जग्गा हडपेको आरोपमा पक्राउ गरेको जनाएको छ।

ललिता निवास जग्गा प्रकरणमा अहिलेसम्म २२ जना पक्राउ परिसकेका छन् ।

हाई प्रोफाइल पदका सन्चार मन्त्रालयका सचिव कृष्णबहादुर राउतलाई सर्वोच्च अदालतको आदेशमा रिहा गरेर बाहिरै राखेर सिआईबीले अनुसन्धान गरिएको छ।

 

 

प्रकाशित मिति: सोमबार, साउन ८, २०८०  १४:३७
प्रतिक्रिया दिनुहोस्