चट्याङ लागेर दुई जनाको मृत्यु

मंगलबार, असार ११, २०८१
Neuro hospital Nepalgunj

झापा।  चट्याङ लागेर झपामा दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा झापास्थित कमल गाउँपालिका वडा नं २ समायगढका ४६ वर्षीय राजन खड्का र गौरीगञ्ज गाउँपालिका वडा नं.८ का ४२ वर्षीय विकास गिरी छन् ।

जिल्ला प्रहरी कार्यालय झापाका अनुसार आज बिहान करिब ७ बजे आफ्नो खेतमा काम गर्नेक्रममा चट्याङ लागेर खड्का घाइते भएका थिए ।

उनलाई तत्कालै उपचारका लागि आम्दा अस्पताल दमक लगिएकोमा बिहान  पौने ८ बजे चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।

यसैगरी गौरीगञ्ज-८ का गिरीको पनि खेतमा काम गरिरहेको अवस्थामा बिहान ८ः४५ बजे चट्याङ लागेर घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । 

पछिल्लो समय झापाका विभिन्न स्थानमा चट्याङका कारण पशुचौपाया मरेका थिए । साथै चट्याङले विद्युतीय उपकरणमा पनि क्षति पुगेको प्रहरीले जनाएको छ । 

 

प्रकाशित मिति: मंगलबार, असार ११, २०८१  १२:१३
प्रतिक्रिया दिनुहोस्