रामबहादुर बम्जन बाल यौन दुराचार मुद्दामा दोषी ठहर

सोमबार, असार १०, २०८१
Neuro hospital Nepalgunj

सर्लाही । सर्लाही जिल्ला अदालतले  कथित तपस्वी रामबहादुर बम्जनलाई बाल यौन दुराचार गरेको कसूरमा दोषी ठहर गरेको छ।

आज जिल्ला अदालत सर्लाहीका न्यायाधीश जीवानकुमार भण्डारीको इजलासले बम्जनलाई दोषी ठहर गरेको हो ।

अब अदालतले असार १७ गते सजाय निर्धारण हुने आदेशमा जनाएको छ ।

रौतहटकी गंंगामाया तामाङले आफू आश्रममा बस्दा बम्जनले बलात्कार गरेको भन्दै जाहेरी दिएकी थिइन् ।

 

प्रकाशित मिति: सोमबार, असार १०, २०८१  २१:०५
प्रतिक्रिया दिनुहोस्