दंगीशरण गाउँपालिकाले ल्यायो साढे ४३ करोडको बजेट

सोमबार, असार १०, २०८१

प्रमोद आचार्य /दाङ । दाङको दंगीशरण गाउँपालिकाले आगामी आर्थिक बर्ष २०८१-८२ का लागि ४३ करोड ३२ लाख १८ हजारको बजेट सार्वजनिक गरेको छ ।

गाउँपालिकाको आगामी आर्थिक बर्षमा गतबर्ष भन्दा ७९ लाख ६४ हजार बजेट घटेर आएको दंगीशरण गाउँपालिकाले जनाएको छ ।

दंगीशरण गाउँसभाको १७ औ अधिबेशनमा गाउँपालिका उपाध्यक्ष पिमा वली खड्काले "हाम्रो प्रण समुन्नत दंगीशरण "भन्ने मुल नाराका साथ प्रस्तुत गरेको बजेटमा आगामी आर्थिक बर्षका ला  शिक्षा,स्वास्थ्य, कृषि श्रम र उधमशिलतालाई विशेष जोड दिएकोछ ।

गाउँपालिकाको आगामी आर्थिक बर्षका लागि चालुतर्फ २८ करोड १४ लाख ६८ हजार बिनियोजन गरीएको छ । जुन ६४.९७ प्रतिशत हुन आउँछ र पुँँजीगततर्फ  १५ करोड१७ लाख ५० हजार बिनियोजन गरीएको छ । जुन ३५.०३ प्रतिशत हुन्छ।

सशर्त अनुदान वापत संघीय सरकारबाट प्राप्त हुने  १६ करोड ९७ लाख ६ हजार, संघीय विशेष अनुदान १ करोड ८० लाख,संघीय समपुरक अनुदान ५० लाख तथा प्रदेश सरकारबाट प्राप्त हुने सशर्त अनुदान तर्फको ७० लाख र प्रदेश समपुरक अनुदान तर्फको  ७० लाख बजेट बिनियोजन गरिएको छ ।

संघीय सरकारको सशर्त अनुदान १६ करोड ७९ लाख ६ हजार, संघीय सरकार विशेष अनुदान अन्तर्गत  १ करोड ८० लाख,संघीय सरकार समपुरक अनुदान अन्तर्गत ५० लाख बिनियोजन गरीएको छ । प्रदेश सरकार सशर्त अनुदान ७० लाख,प्रदेश सरकार समपुरक अनुदान ७० लाख बिनियोजन गरीएको छ भने गाउँपालिकाबाट बिषयगत क्षेत्रका लागि ६ करोड २४ लाख ८२ हजार बिनियोजन गरिएको हो।

यस्तै आर्थिक बिकासतर्फ ७२ लाख ५० हजार,सामाजिक विकासतर्फ ३ करोड ३ लाख ५७ हजार, पुर्वाधार विकास क्षेत्रमा २ करोड ५ लाख,  बन बाताबरण तथा बिपद ब्यबस्थापनमा १० लाख ५० हजार, संस्थागत विकास तथा सुशासन क्षेत्रमा ३३ लाख २५ हजार, वडागत विकास क्षेत्रका लागि ३ करोड ५० लाख,समपुरक अनुदानबाट सन्चालन हुने योजनाहरुमा लागत सहभागीताका लागि समपुरक कोषका लागी  २ करोड रुपैयाँ,अनिवार्य दायित्वतर्फ १ करोड २२ लाख,गाउँपालिकाबाट संचालन हुने योजनाहरुका लागि १ करोड ५५ लाख रुपैयाँ बिनियोजन गरीएको छ ।

अर्को गाउँसभा आगामी १७ गते  बस्ने गरी स्थगित गरीएको गाउँपालिकाका सुचना अधिकारी टेक बहादुर खत्रीले जानकारी दिएका छन्  । गाउँपालिकाको गत बर्ष बजेट ४४ करोड ११ लाख ८२ हजार  थियो ।

प्रकाशित मिति: सोमबार, असार १०, २०८१  १८:११
प्रतिक्रिया दिनुहोस्