मधेसमा अपराधिक समूहले यति दिनभित्र यो गाउँ नै लुट्छौँ भन्दै पोस्टर टाँसेको अवस्था छ: सांसद थपलिया

सोमबार, असार १०, २०८१
Neuro hospital Nepalgunj

काठमाडौं । मधेस प्रदेशका विभिन्न जिल्लामा अपराधिक समूहको त्रास फैलिदै गएको नेकपा एमालेकी सांंसद सझना थपलियाले बताएकी छिन् ।

आजको संंसद बैठकमा बोल्दै सांंसद थपलियाले सिराहालगायत मधेस प्रदेशका विभिन्न जिल्लामा अपराधिक समूहले समय नै तोकेर गाउँ लूट्ने गरेको बताउँदै स्थानीय प्रशासन यसबारेमा बेखबर झै बनेको बताइन् ।

अहिले सिराहालगायतका जिल्लाहरुको शान्ति सुरक्षाको अवस्था दिनप्रतिदिन बिग्रदै गएको र अपराधिक समूहले विगत ३ महिनादेखि क्रमिक रुपले १ दर्जन बढी डकैती घटनाले स्थानीयवासीमा डर र त्रासको आतंक फैलिएको उनले बताइन् ।

सांंसद थपलियाले भनिन् -"ती जिल्लाका विभिन्न स्थानहरुमा एकातिर क्रमिक रुपले डकैतीका घटना भइरहदा अर्कोतर्फ अपराधिक समूहले यो दिनमा यो गाउँ नै लुट्छौँँ भनेर पम्प्लेट र पोस्टर टाँस गरेको अवस्था छ। सुन्दा सबैलाई अचम्म लागेपनि यो यथार्थ हो।"

यति सबै घटना हुँदासम्म स्थानीय प्रशासन र प्रहरीले अपराधिक समूहलाई नियन्त्रणमा लिन नसकेको अवस्थामा  स्थानीय कति दिन त्रसित भएर बस्नुपर्ने हो? सांंसद थपलियाले बताइन् ।

प्रकाशित मिति: सोमबार, असार १०, २०८१  १५:२२
प्रतिक्रिया दिनुहोस्