बर्दियामा खेत जोतिरहेका थारुको चट्याङ लागेर मृत्यु

सोमबार, असार १०, २०८१
Neuro hospital Nepalgunj

बर्दिया । खेत जोतिरहेको अवस्थामा चट्याङ लागेर बर्दियामा एक जनाको मृत्यु भएको छ।

जिल्लाको गेरुवा गाउँपालिका-३ गणेशपुरस्थित आफ्नै खेतमा जोतिरहेका समयमा आज बिहान चट्याङ लाग्दा रोहित थारुको मृत्यु  भएको हो । 

चट्याङ लागेर घाइते थारुको प्राथमिक स्वास्थ्य केन्द्र राजापुरमा उपचारका क्रममा आज विहान मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बर्दियाले जानकारी दिएको छ।

प्रकाशित मिति: सोमबार, असार १०, २०८१  १०:४६
प्रतिक्रिया दिनुहोस्