गायक गौतमको युरोपका विभिन्न देशहरुमा प्रस्तुती

सोमबार, असार १०, २०८१
Neuro hospital Nepalgunj

लुभेन(बेल्जियम) । पछिल्लो समयमा चर्चित गजल गायक थानेश्वर गौतमले जर्मनी, नर्बे र बेल्जियमका विभिन्न शहरमा आफ्नो एकल गजल प्रस्तुत गरेर स्वदेश फर्किएका छन् । 

भ्वाइलन, तबला र सितारबादकहरु सहितको सानो दल बनाएर युरोप छिरेका गौतमको समुहले जर्मनीको ह्यामबर्ग, फैङ्कफर्ट, नर्बेको राजधानी ओस्लो र बेल्जियमको लुभेन र ब्रुज शहरमा गजल प्रस्तुत गरेका थिए । 

गायक गौतमले प्रवासमा पनि आफू लगायत नेपाली कला र संगीतलाई मन पराएको आभार व्यक्त गर्दै यो यात्रामा सहयोग र साथ दिने सबै प्रति आफु नतमस्तक रहेको बताए। 

गत सोमबार लुभेनमा आयोजित गजल साँझ कार्यक्रम बाग्लुङ समाज बेल्जियमले प्रायोजन गरेको थियो भने ब्रुजमा स्थानीयबासीले गरेका थिए । 

यो पटकको गायक गौतमको टोलीमा भ्वाइलनतर्फ यतिराज अधिकारी, सितारमा कबिर खान र तबलामा सतार खान रहेका थिए। 

गायक गौतमले तिम्रा यादहरुले, फुर्के धागो किनी दिन्छु कपाल बाटौली, छुट्नलाई पो रै छ क्यारे, बेचेर सपना जस्ता कर्ण प्रिय गीतहरु प्रस्तुत गरेर दर्शकहरुलाई मनोरञ्जन  गराएका थिए ।  

 

 

 

 

प्रकाशित मिति: सोमबार, असार १०, २०८१  ०९:५२
प्रतिक्रिया दिनुहोस्