जङ्गली च्याउ खाँदा राक्सिराङमा बाबुको मृत्यु, आमासहित ४ छोराछोरी बिरामी

सोमबार, असार १०, २०८१
Neuro hospital Nepalgunj

मकवानपुर  । राक्सिराङ गाउँपालिकामा जङ्गली च्याउ खाँदा एक मृत्यु भएको छ भने चारजना बिरामी भएका छन् ।

मकवानपुरको राक्सिराङ गाउँपालिका–७, दगुवाङमा जङ्गली च्याउ खाँदा एकै परिवारका पाँच जना बिरामी भएका थिए । 

स्थानीयले आइतबार उद्धार गरी चितवनस्थित भरतपुर अस्पताल पु¥याएकामा एकजनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

जङ्गली च्याउ खाँदा स्थानीय बलबहादुर प्रजा, उनकी ४५ वर्षीया श्रीमती जालिमाया प्रजा, छोरी १५ वर्षीया रेञ्जु प्रजा, ८ वर्षीया सविना प्रजा र १० वर्षीय छोरा सुशील प्रजा बिरामी भएका हुन् । बलबहादुरको उपचारका क्रममा मृत्युभएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी दिएको छ । 

प्रकाशित मिति: सोमबार, असार १०, २०८१  ०९:३१
प्रतिक्रिया दिनुहोस्