कोहलपुरका जनताको घरघरमा पानी पुर्‍याउने भुषालको प्रतिवद्धता

सोमबार, साउन ८, २०८०
Neuro hospital Nepalgunj

कोहलपुर (बाँके )। बाँकेको कोहलपुर बृहत सहरी खानेपानी उपभोक्ता संस्थाको निर्वाचनका लागि   लोकतान्त्रिक प्यानलले घरदैलो अभियानलाई तिव्रता दिएको छ ।

कोहलपुर नगरपालिका वडा नम्बर १ मा आज खानेपानी उपभोक्ताहरुसँग भेटघाट गर्दै जनताको घरमा पानी सहजरुपमा पुर्याउने प्रतिवद्धता जनाएका छन् ।

लोकतान्त्रिक प्यानलबाट अध्यक्ष पदका उम्मेदवार टेकनारायण भुषालले स्वच्छ खानेपानी बिना अवरोध नियमित आपूर्तिका लागि आफ्नो टिमलाई निर्वाचित गराउन अनुरोध गरेका छन्  । “कोहलपुर नगरपालिकामा बसोवास गर्ने आम उपभोक्ताहरुको लागि शुद्ध, सफा र प्रशोधित पानी सहजरुपमा उपलब्ध गराउने व्यवस्था गरिनेछ” उनले भने, “पानीको शुद्धता, प्रयोग, चुहावट र यसको आवश्यक व्यवस्थापनका लागि जनताको साथ आवश्यक छ ।” कोहलपुर नगरपालिका वडा नम्बर १ का सम्पूर्ण जनतालाई छिट्टै शुद्ध खानेपानी उपलब्ध गराउने लक्ष्यका साथ आफ्नो टिम लाग्ने प्रतिवद्धता समेत भुषालले ब्यक्त गरेका छन् । 

खानेपानी संस्थालाई पारदर्शी, जवाफदेही बनाउनका लागि लोकतान्त्रिक प्यालनलाई मतदान गर्न लोकतान्त्रिक प्यालनबाट सचिव पदका उम्मेदवार गोविन्द वाग्लले आग्रह गरेका छन् । कोहलपुर नगरभित्रका बिरामी, अशक्त, नाबालक, विद्यार्थी, जेष्ठ नागरिक एवम् बटुवाहरुको लागि सार्वजनिक स्थलमा धारा जडान गरी निःशुल्क पानीको व्यवस्था गर्ने लक्ष्य रहेको समेत उनले बताए ।

विगतमा भएको आर्थिक अनियमिततालाई छानविन गरी प्रतिवेदनमा दोषी ठहरिएकालाई कारवाही गरिने, धारा जडान भएका तर पानीको उपभोग नगरेर पनि बिल उठेका उपभोक्ताको लागि स्थलगत अनुगमन गरी बिल मिनाहा गरिने, बाटोको दुबैतर्फ पाइप लाइन विस्तार गरिनुका साथै प्रत्येक ३-३ सय मिटरमा कन्ट्रोलप्लेस राखिने तथा कुनै कारणबस पानीको आपूर्ति अवरुद्ध हुने भएमा उपभोक्तालाई विद्युतीय माध्यमबाट अग्रिम जानकारी गराउने प्रणलीको विकास गरिने जस्ता प्रतिवद्धता सहित लोकतान्त्रिक प्यालनले ब्यक्त गरेको छ।

कोहलपुर बृहत सहरी खानेपानी उपभोक्ता संस्थाको निर्वाचनका  यही साउन १२ गते हुँदैछ।।

प्रकाशित मिति: सोमबार, साउन ८, २०८०  १३:२७
प्रतिक्रिया दिनुहोस्