अष्ट्रेलियालाई अफगानिस्तानले हराएपछि सेमिफाइनलको समीकरण रोमाञ्चक मोडमा

आइतबार, असार ९, २०८१
Neuro hospital Nepalgunj

 काठमाडौं । अफगानिस्तानले टी-२० विश्वकपको सुपर एटमा अष्ट्रेलियालाई पराजित गरेपछि खेलले नयाँ मोड लिएको छ। दुई खेल खेल्दै १ जित र एक हारबाट अष्ट्रेलियाको २ अंंक र अफगानिस्तानको पनि अष्ट्रेलियासंंगै समान अंंक रहेको अवस्थामा अब खेलले नयाँ मोड लिएको हो।

आज भएको खेलमा अफगानिस्तानले अष्ट्रेलियालाई २१ रनले पराजित गरेपछि अष्ट्रेलियालाई सेमिफाइनल पुग्न निकै कसरत गर्नुपर्ने देखिएको छ। यसअघिको सुपर एटको पहिलो खेलमा बंंगलादेशलाई पराजित गरेको अष्ट्रेलिया आज अफगानिस्तानसंंग पराजित हुँदा अन्तिम खेल भारतसंंग हुँदा अष्ट्रेलिया कठिन मोडमा पुगेको हो।

बलियो मानिएको अष्ट्रेलियालाई अफगानिस्तानले दिएको १४९ रनको लक्ष्य पछ्याउँदै जवाफी ब्याटिङ गरेको अष्ट्रेलियाले १९.२ ओभरमा सबै विकेट गुमाउँदै १२७ रन बनाउदै पराजित भएको हो। अष्ट्रेलियाका लागि ग्लेन म्याक्सवेलले सर्वाधिक ५९ रन बनाएका हुन्।

अफगानिस्तानका गुलबदिन नाबीले सर्वाधिक ४ र नवी उल हकले ३ विकेटले लिए भने राशिद खान , मोहम्मद नावी र उजमतुल्लाह उमरजईले १-१ विकेट लिएका हुन्।

पहिलो ब्याटिङ गरेको अफगानिस्तानका लागि इब्राहिम जद्रानले ६० र रहमनुल्लाह गुर्बाजले ५१ रन बनाए।

अष्ट्रेलियाका बलर प्याट कमिन्सले ह्याटि्रक विकेट लिएका हुन् । त्यसैगरी एडम जाम्पाले २ र मार्कस स्टोनिसले १ विकेट लिए।

यसअघि अफगानिस्तान भारतसँँग पराजित भएको हो।अब अफगानिस्तानले बंंगलादेश र अष्ट्रेलियाले भारतसँँग अन्तिम खेल खेल्नेछन् । उक्त खेलमा भारतलाई अष्ट्रेलियाले र अफगानिस्तानले बंंगलादेशलाई पराजित गरे वा बंगलादेशले अफगानिस्तानलाई पराजित गरे अष्ट्रेलिया, अफगानिस्तान र बंगलादेश नेटरनरेटका आधारमा सेमिफाइनलमा जाने टोलीको टुंगो लाग्ने छ। तर यदि भारतले अष्ट्रेलिया र अफगानिस्तानले बंंगलादेशलाई पराजित गरे अफगानिस्तान सिधै सेमिफाइनलमा जानेछ। २ खेल जितिसकेको भारतको ४ अंंक छ।

 

  

 

 

 

प्रकाशित मिति: आइतबार, असार ९, २०८१  १०:२३
प्रतिक्रिया दिनुहोस्