कैलालीमा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु, अर्का एक जना गम्भीर घाइते

आइतबार, असार ९, २०८१
Neuro hospital Nepalgunj

कैलाली । ट्याक्टर दुर्घटनामा कैलालीमा एक जनाको मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएका छन्।

गएराति ११ बजेर ५० मिनेटमा  जिल्लाको लम्कीचुहा नगरपालिका-३ ढुङ्गेे बजारमा भे१त ८७३५ नम्बरको ट्याक्टर अनियन्त्रित भएर दुर्घटना हुँदा चालकको मृत्यु भएको कैलाली प्रहरीले जानकारी दिएको छ।

प्रहरीका अनुसार दुर्घटनामा मृत्यु हुनेमा सुर्खेतस्थित पन्चपुरी नगरपालिका-२का २९ वर्षीय चालक शेरबहादुर नेपाली रहेका छन् । त्यस्तै २० वर्षीय दिलबहादुर नेपाली गम्भीर घाइते भएका छन् । दुर्घटना भए लगत्तै उनीहरुलाई उपचारका लागि लालरत्न अस्पताल लम्की लगिएको भएपनि चालकको उपचार त्यहा सम्भब नहुदा टीकापुर अस्पताल लगिएको थियो। चालकको टीकापुरमा उपचारका क्रममा आज बिहान १ बजे मृत्यु भएको प्रहरीले जनाएको छ।

गम्भीर घाइते दिलबहादुरको लालरत्न अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

 

 

 

 

 

 

 

प्रकाशित मिति: आइतबार, असार ९, २०८१  ०७:५९
प्रतिक्रिया दिनुहोस्