प्रेस युनियनले दियो पत्रकार महासंघलाई २४ घण्टे अल्टिमेटम, 'प्रतिवाद गर्न बाध्य नबनाउ'

शनिबार, असार ८, २०८१
Neuro hospital Nepalgunj

काठमाडौं  । नेपाल प्रेस युनियनले नेपाल पत्रकार महासंघलाई २४ घण्टे अल्टिमेटम दिएको छ ।

सदस्यता विवादलाई विधान अनुसार टुंगोमा नपुर्याई निर्वाचन कार्यतालिका र मतदाता नामावली सार्वजनिक गरिएपछि युनियनले आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाउँदै जिल्ला र प्रदेश समितिले सिफारिस गरेका सदस्यलाई हटाएर महासंघको केन्द्रिय समितिले कुनै संरचनाले सिफारिस नगरेका गैरपत्रकारलाई समावेश गरेको भन्दै आपत्ति जनाएको छ ।

कार्यबहाक अध्यक्ष प्रेम केसीको नेतृत्वमा युनियनले आज महासंघ अध्यक्ष विपुल पोख्रेललाई ज्ञापनपत्र बुझाएको हो । युनियनले जिल्ला र प्रदेश समितिले सिफारिस गरेका नाम कायम गरी छुटेका क्रियाशील पत्रकारलाई उजुरी र प्रमाणका आधारमा नवीकरण गर्न तथा नयाँ सदस्यता दिन युनियनले ध्यानाकर्षण गराएको हो ।

सदस्यता विवाद टुंग्याएर मात्र निर्वाचन कार्यतालिका अगाडि बढाउन युनियनले माग गरेको छ । २४ घण्टाभित्र त्यसो नगरिए प्रतिवाद गर्न बाध्य हुने कार्यबहाक अध्यक्ष केसीले बताए ।

प्रकाशित मिति: शनिबार, असार ८, २०८१  २२:४४
प्रतिक्रिया दिनुहोस्