कोशी सरकारले ल्यायो ३५ अर्ब बढीको बजेट

शनिबार, असार ८, २०८१
Neuro hospital Nepalgunj

विराटनगर । कोशी सरकारले हतारहतारमा आर्थिक वर्ष २०८१-०८२ का लागि ३५ अर्ब २७ करोड ९३ लाख रुपैयाँको बजेट पारित गरेको छ।

आजको कोशी प्रदेश सभाको बैठकले सरकारका अर्थमन्त्री रामबहादुर मगरले असार १ गते प्रस्तुत गरेको उक्त बजेटलाई पारित गरेको हो। कोशी सरकारले प्रस्तुत गरेको बजेटको चालूूतर्फ १४ अर्ब ४७ करोड २३ लाख रुपैयाँ रहेको छ भने पुँजीगततर्फ 

१६ अर्ब २० करोड २० लाख रुपैयाँ विनियोजन गरिएको छ। त्यसैगरी वित्तीय हस्तान्तरणतर्फ ४ अर्ब ५८ करोड ५० लाख विनियोजन गरिएको छ।

सरकारको बजेटको चालूू खर्चमध्येको संंघीय अनुदान फिर्ताका लागि ३ अर्ब रहेको छ भने उक्त खर्चको अनुमान गरिएको खर्चको श्रोतमा प्रदेश सरकारको आन्तरिक राजस्व ४ अर्ब ९८ करोड ,राजस्व बाँडफाँँडबाट १२ अर्ब ४० करोड ८ लाख रुपैयाँ रहेको छ। त्यसैगरी संघबाट प्राप्त हुने वित्तीय समानिकरण ८ अर्ब ९४ करोड ३२ लाख र सशर्त अनुदान ४ अर्ब १६ करोड ४३ लाख रुपैयाँ रहेको छ।

समपुरक अनुदानबाट ६५ करोड ५० लाख र विशेष अनुदानमा ७८ करोड १ लाख गर्दै ३१ अर्ब ९२ करोड ३४ लाख रुपैयाँ खर्च व्यहोरिने भएको छ। त्यसैगरी बाँकि नगद मौज्दातबाट ३ अर्ब २५ करोड र वैदेशिक अनुदानमा १० करोड ५९ लाख व्यहोरिने बजेटमा उल्लेख गरिएको छ।

 

 

 

 

 

 

 

प्रकाशित मिति: शनिबार, असार ८, २०८१  १७:५४
प्रतिक्रिया दिनुहोस्