तुलसीपुर-अमिलिया सडक असार १० गतेसम्म बन्द

शनिबार, असार ८, २०८१

नेपालगन्ज । दाङको राप्ती राजमार्ग अन्तर्गत अमिलिया–तुलसीपुर सडक खण्ड ३ दिनका लागि बन्द गरिएको छ ।

सडक मर्मत गर्नका लागि राप्ती अमिलिया – तुलसीपुर सडक खण्ड असार १० गतेसम्म पूर्ण रुपमा बन्द गरिने भएको छ ।

तुलसीपुर खण्डको भञ्याङदेखि सडकको स्तरउन्नती गरिएको हुँदा त्यो कालो पत्र गर्न आजदेखि यातायात पूर्ण रुपमा बन्द गरिएका हुन। उक्त सडक खण्डमा सबै खाले सवारी साधन संचालनमा रोक लगाइएको छ ।

प्रकाशित मिति: शनिबार, असार ८, २०८१  १६:०६
प्रतिक्रिया दिनुहोस्