तीन जना सवार मोटरसाइकल दुर्घटना हुँदा एकको मृत्यु, दुईजना गम्भीर घाइते

शनिबार, असार ८, २०८१
Neuro hospital Nepalgunj

झापा । मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ। शनिबार बिहान झापामा मेचीनगर नगरपालिका-१५ लालझोडास्थित भित्री सडकमा भद्रपुरबाट धुलाबारी आउँदै गरेको प्रदेश १–०१–०१६ प ४१८ नम्बरको मोटरसाइकल आफै अनियन्त्रित भएर दुर्घटना भएको हो।

जिल्ला प्रही कार्यालय झापाका प्रवक्ता डिएसपी कृष्णकुमार चन्दका अनुसार उक्त मोटरसाइकलमा तीन जना सवार थिए।

तीनमध्ये मेचीनगर नगरपालिका-१० का २२ वर्षीय राजीव दनुवारको मृत्यु भएको हो। बाँकी दुईजना गम्भीर घाइते भएका छन् ।
घाइते हुनेमा मेचीनगर–१० का २१ वर्षीय अभिषेक राई र सोही स्थानका २१ वर्षीय विवेक दनुवार छन्। उनीहरूलाई उपचारका लागि अस्पताल पठाइएको छ।रासस 

प्रकाशित मिति: शनिबार, असार ८, २०८१  ११:०१
प्रतिक्रिया दिनुहोस्