श्री एयरले ल्यायो नयाँ ८० सिटे जहाज

शनिबार, असार ८, २०८१
Neuro hospital Nepalgunj

काठमाडौं । श्री एयरलाइन्सले नयाँ जहाज ल्याएको छ। श्री एयरलाइन्सले डि हाभिल्याण्ड अफ क्यानडा निर्मित ९ एन-एओएम कल साइन भएको ८० सिटे जहाज नेपालमा ल्याएको हो।

श्री एयरका पाइलटहरुले उक्त जहाजलाई अमेरिकाबाट क्यानडा- इजिप्ट-ओमान हुँदै १० हजार ४ सय माइलको दूूरी पार गर्दै ३३ घण्टा उडान पश्चात् त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गराएका हुन् ।

आज बिहान १ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएको उक्त ८० सिटे क्यु ४००-८  जहाज आरामदायी, सुरक्षित तथा कम ध्वनिको अनुभुति दिने श्री एयरलाइन्सले जनाएको छ।

हाल श्री एयरका सीआरजे २००/७०० र क्यु ४००- गरि १० जहाजहरुले देशभरका विभिन्न स्थानहरुमा उडान भर्दै आइरहेका छन् ।

 

 

 

प्रकाशित मिति: शनिबार, असार ८, २०८१  १०:४२
प्रतिक्रिया दिनुहोस्