कैलाली कारागारका कैदी विष्टको मृत्यु

सोमबार, साउन ८, २०८०
Neuro hospital Nepalgunj

धनगढी । जिल्ला कारागार कैलालीमा चोरी मुद्दामा सजाय काटिरहेका एक कैदीको मृत्यु भएको छ ।

कैलाली कारागारमा  कैद भुक्तान गरिरहेका बैतडीस्थित दोगदाकेदार गाउँपालिका-५ का २८ वर्षीय सरोज विष्टको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता कुलदीप चन्दले जानकारी दिएका छन् । 

लामो समयवेखि क्षयरोगबाट ग्रसित रहेका विष्टको आज बिहान उपचारका क्रममा सेती प्रादेशिक अस्पतालमा मृत्यु भएको प्रवक्ता चन्दले बताए।

कारागार प्रशासनले मृतक विष्टका परिवारलाई समेत खबर गरिसकेको चन्दले जानकारी दिएका छन् ।

 

 

 

प्रकाशित मिति: सोमबार, साउन ८, २०८०  १२:५४
प्रतिक्रिया दिनुहोस्