घोराहीमा बदला लिन महिलाको घाँटी थिचेर हत्या गर्ने पुरुष पक्राउ

शुक्रबार, असार ७, २०८१
Neuro hospital Nepalgunj

दाङ ।  दाङमा एक जना महिलाको हत्या गरेको आरोपमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ। जिल्ला ल्को घोराही -८ बेलुवाकी ५० बर्षीया प्यारी चौधरी जेठ १७ गते दिउँसो आफ्नै घर भित्र मृत अवस्थामा फेला परेकी थिइन । उनको हत्या आरोपमा स्थानीय ४६ बर्षीय बालाराम चौधरी पक्राउ गरेको जिल्ला प्रहरी दाङले जनाएको छ।

चौधरी आफ्नै घरको बेडमा मृत अवस्थामा फेला परेको घटना संकाष्पद थियो । त्यसैले पोष्टमार्टमाका लागि शब बाँकेको नेपालगञ्जस्थित भेरी अस्पतालमा पठाइएको थियो । पोष्टमार्टम रिपोर्टमा प्यारीको हत्या घाँटी थिचेर भएको देखिएको थियो ।

पोष्टमार्टम रिपोर्ट आउनु भन्दा पहिले नै स्थानीयले बालाराम माथि आशंका गर्दै आएका थिए । त्यो कुरा उनीहरुले प्रहरीलाई सूचना दिइसकेका थिए । स्थानीयको सूचनाका आधारमा प्रहरीले बालारामलाई सोधपुछका लागि बोलाएपछि हत्यामा उनको संलग्नता खुलेको जिल्ला प्रहरी प्रबक्ता डिएसपी जनकबहादुर मल्लले जानकारी दिए ।

स्थानीयका अनुसार बालाराम गाउँ घरमा मदिरा खाइ हल्ला गर्दै र जसलाई मन लाग्यो उसैलाई गाली गलौज गर्दै हिड्ने गर्थे । एक दिन प्यारीलाई पनि मनपरी बोलेपछि उनले पनि गाली गलौज गरेकी थिइन ।

त्यसको बदला लिन जेठ १६ गते राति बालाराम मदिराले मातेर पुगे र उनको घाँटी थिचेर हत्या गरेको प्रहरी समक्ष स्वीकार गरेको प्रहरी अधिकारीहरुले जानकारी दिए । घटना हुँदा प्यारी घरमा एक्लै थिइन ।

प्यारी हत्या प्रकरण बारेमा प्रहरीले थप अनुसन्धान गरिरहेको  जानकारी दिएको छ ।

प्रकाशित मिति: शुक्रबार, असार ७, २०८१  १३:२८
प्रतिक्रिया दिनुहोस्